साउन २८ , साेलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको स्थायी बासिन्दा चोलेन्द्र कार्कीले ट्रेकिङ व्यसायीहरुको संगठन टानको नयाँ कार्य समितिका लागि अध्यक्षमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो । आगामी भदौ १७ गते ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को नयाँ नेतृत्व चयन गरिदै छ ।
त्यसका लागि लामो समयदेखि पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशिल एवं टानका निवर्तमान प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले टानको अध्यक्षका लागि तयारी गर्नु भएको हो। उहाँले सम्पूर्ण व्यवसायीहरुको तर्फबाट उपाध्यका को उम्मेदवारी दिन लाग्नु भएको हो ।
उहाँले टानको नेतृत्व लिनका लागि व्यवसायी साथीहरुले आग्रह गरेको र आफु स्वयमले पनि टानमा आफ्नो आवश्यकताको महसुस गरेकोले यो पटक उम्मेदवारी दिने सोँच बनाएको बताउनुभयो ।
कार्कीले यस अघि टानको प्रथम उपाध्यक्ष भई सन् २०१९ देखि ०२२ को कार्य समितिमा जिम्मेवारी पूरा गरिसक्नु भएको छ ।
Discussion about this post