साउन २९, सोलुखुम्बु । आज पाँच वटा प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली छ । केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा मौसम आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै धनुषाको तुल्सीमा ४५ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै झापाको दमकमा ३६ दशमलव ८ मिलिमिटर पानी परेको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।
कतै–कतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशको मौसम सामान्य बदली रहने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।
Discussion about this post