Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विराटनगरमा पदाधिकारी सुविधा र बैठक भत्तामा २ करोड ७० लाख खर्च

Radio Everest by Radio Everest
August 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २९, सोलुखुम्बु । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०–८१ मा पदाधिकारीको बैठक भत्ता र पदाधिकारीको अन्य सुविधाको नाममा २ करोड ७० लाख भन्दा बढी रकम खर्च गरेको पाइएको छ । यस्तै कार्यक्रम शीर्षकका विभिन्न खर्चमा १८ करोड १४ लाख रुपैयाँ र विविध खर्चको नाममा १ करोड ६४ लाख रुपैयाँ सकिएको छ ।

महानगरपालिकाले दिएको खर्च विवरण अनुसार गत आर्थिक वर्षमा पदाधिकारीको बैठक भत्तामा ७० लाख ९३ हजार ८५० र पदाधिकारीको अन्य सुविधाको नाममा १ करोड ९९ लाख ६६ हजार रुपैयाँ सकिएको हो । यस्तै महानगरपालिकाले विविध खर्चको नाममा गत आर्थिक वर्ष पनि १ करोड ६४ लाख ९६ हजार १९३ रुपैयाँ सकेको थियो । विविध खर्च शीर्षकमा धेरै रकम राखेर खर्च गर्नु कानुन विपरीत भएको भन्दै यसअघिका महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेका लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने उल्लेख छ ।महानगरको आय–व्यय विवरण अनुसार चालू खर्चतर्फ कर्मचारीको बैठक भत्तामा १९ लाख ८ हजार, अन्य भत्तामा २ करोड ७२ लाख ६९ हजार ९९०, पदाधिकारीको इन्धन खर्चमा ५८ लाख ९४ हजार ३२३, कार्यालय प्रयोजनको लागि इन्धन खर्च ८४ लाख ४६ हजार १५१ रुपैयाँ, मसलन्द तथा कार्यालय सामाग्री शीर्षकमा १ करोड ६९ लाख ७ हजार ७९४ रुपैयाँ, अन्य कार्यालय सञ्चालन खर्च ५ करोड १९ लाख ३३ हजार २६६ रुपैयाँ, सेवा र परामर्श खर्चमा ६५ लाख ६२ हजार ८५० रुपैयाँ खर्च गरेको छ ।

महानगरपालिकाले तालिम, गोष्ठी र कार्यक्रममा पनि अचाक्ली खर्च गरेको देखिएको छ । प्राप्त तथ्याङ्क अनुसार महानगरपालिकाले कर्मचारी तालिम खर्चमा १७ लाख ४६ हजार ९६१ रुपैयाँ, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी अर्का खर्च शीर्षकमा १ करोड ७२ लाख ८० हजार १६ रुपैयाँ, कार्यक्रम खर्च शीर्षकमा १४ करोड २४ लाख १२ हजार ९९७ रुपैयाँ, विविध कार्यक्रम खर्चमा २ करोड १६ हजार ७२७ रुपैयाँ, अनुगमन, मूल्याङ्कन खर्चमा ५५ लाख ३६ हजार २९० रुपैयाँ, भ्रमण खर्चमा १४ लाख ९४ हजार ८८१ रुपैयाँ, विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्चमा ३ लाख ४८ हजार ४८६ रुपैयाँ र अन्य भ्रमण खर्चमा ९ लाख ४६ हजार ६ सय रुपैयाँ खर्च गरेको छ ।

महानगरपालिकाले विनियोजन गरेको चालू तर्फको १ अर्ब ६३ करोड ६५ लाख ७७ हजार ७२६ रुपैयाँ मध्ये १ अर्ब ३७ करोड २९ लाख ५२ हजार ९४१ रुपैयाँ अर्थात् ८३.८९ प्रतिशत खर्च गरेको छ । यस्तै पुँजीगत तर्फ विनियोजन गरेको १ अर्ब ६७ करोड ५१ लाख ४७ हजार ९ सय रुपैयाँमध्ये १ अर्ब ८ करोड ८२ लाख ४१ हजार ४७८ रुपैयाँ अर्थात् ६४.९५ प्रतिशत खर्च गरेको छ ।

विराटनगर महानगरपालिकाले अन्य संस्थाहरूबाट ऋण प्राप्ति साँवा भुक्तानी तर्फ विनियोजन गरेको ५ करोड रुपैयाँ छुट्टाए पनि ४ करोड ७३ लाख ३ हजार ३५६ रुपैयाँ खर्च गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन गरेको बजेट ३ अर्ब ३६ करोड १७ लाख २५ हजार ६२६ रुपैयाँ मध्ये चालू र पुँजीगत गरेर २ अर्ब ५० करोड ८४ लाख ९७ हजार ७७५ रुपैयाँ अर्थात् ७४.६१ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।

Previous Post

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

Next Post

 शेर्पा समाज माप्यको आयोजनामा १० दिने उद्घोषण तालिम सम्पन्न 

Related Posts

खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
0
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
0
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
0
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
0
Next Post
 शेर्पा समाज माप्यको आयोजनामा १० दिने उद्घोषण तालिम सम्पन्न 

 शेर्पा समाज माप्यको आयोजनामा १० दिने उद्घोषण तालिम सम्पन्न 

Discussion about this post

Everest Highlights

खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly