साउन २९, सोलुखुम्बु । शेर्पा समाज माप्य दुधकोशीको आयोजनामा १० दिने निःशुल्क भाषण तथा उद्घोषण तालिम सम्पन्न भएको छ । काठमाण्डौको बौद्ध टुशालमा गत १८ गतेदेखि सूरु भएको तालिम २८ गते समापन भएको हो ।
माप्य दूधकोशी गाउँपालिका स्थायी बसोबास भई काठमाण्डौमा बसोबार गर्दै आएका युवाहरुको व्यक्तीत्व विकास र नेत्तृव क्षमता विकासका लागी तालिमको आयोजना गरेको संस्थाले जनाएको छ । करिव ४५ जना सहभागि तालिममा उनिहरुलाई सार्वजनिक कार्यक्रम तथा मञ्चमा गएर बोल्ने कला सम्बन्धी ज्ञान सिप प्रदान गरिएको शेर्पा समाज माप्यदुधकोशीका महासचिव ल्हाक्पा सोनामले बताउनुभयो ।
संस्था दर्ता गरेको वर्ष दिन नपुग्दै विभिन्न खालका सामाजिक काम गर्दै आउको संस्थाले पछिल्लो समय युवा लक्षित उद्घोषण तथा भाषणकला तालिम सञ्चालन गरेको उहाँको भनाई छ । सोमबार सम्पन्न समापन कार्यक्रम शेर्पा समाज माप्य दुधकोशीका अध्यक्ष पासाङ शेर्पा सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा तालिमले आफूहरूलाई महत्वपूर्ण ज्ञान सीप प्रदान गरेको प्रशिक्षार्थीहरूले बताएका छन् । समापन कार्यक्रममा संस्थाका पदाधिकारीहरु, प्रशिक्षार्थीहरू उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै भनाइ समाजका अध्यक्ष शेर्पाले आगामी दिनहरूमा पनि संस्थाले यसै गरि समुदाय र युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तालिमको सहजिकरण प्रशिक्षक अग्नि प्रसाद भट्टराईले गर्नुभएको थियो ।
Discussion about this post