Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मृत्युसंस्कारमा गरिएको निम्तो फिर्ता गरेर विभेद गर्ने शेर्पालाई दलित समुदायले मगायो माफी 

Radio Everest by Radio Everest
August 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २८, सोलुखुम्बु ।  मृत्यु संस्कारमा कार्ड बाँडेरै निम्तो दिएका दलित समुदायलाई फेरी नआउनु भनेर कार्ड फिर्ता लगेपछि आक्रोशित बनेका सल्लेरीका दलित समुदायले विभेदकारी शेर्पा परिवारलाई माफी मगाएका छन् । जिल्लाको सदरमुकाम रहेको सल्लेरी स्थित सोलुदुधकुण्ड नगरपालिका ५ ब्यारेक टोलका दलित समुदायलाई स्थानीय कर्मा शेर्पाको मृत्यु संस्कारमा निम्तो दिइएको थियो ।

तर पछि फेरी एकाएक निम्तो दिने व्यक्तिहरूले नै कार्ड फिर्ता लगेपछि अहिले यो समुदाय आक्रोशित बनेको यो समुदायले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणमा पीडितले  पीडक पक्षले सार्वजनिक माफी माग्नुपर्ने माग राखेका थिए । लगत्तै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलेको सहजिकरणमा कार्यालयमै बोलाएर माफि मगाएपछि मिलापत्र गराइएको छ । कर्मा शेर्पाको मृत्यु संस्कारमा निम्ता गरेर छोरा ङवाङ शेर्पा र बुहारी जाङवु शेर्पाले दलित भएकै आधारमा फिर्ता लगेर नआउनु भन्ने उर्दि जारी गरेको भन्दे दलित समुदायले विभेद भएको बताएका थिए ।  सो सम्बन्धमा आक्रोशमा आएको समुदायले  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई ध्यानाकर्षण समेत गराएको थियो  ।  

ध्यानाकर्षणका लागी दलित उत्थान सुनौलो समाजको नेतृत्वमा ठुलो दलित समुदायका अगुवा तथा सरोकारवालाहरू जिल्ला प्रशासन कार्यालय आइपुगेका थिए ।  उनिहरुले प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई ध्यानाकर्षण गराउँदै जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ बमोजिम कारवाही हुनुपर्ने माग गरेका छन ।  समाजका अध्यक्ष विर बहादुर घतानीले यस्ता कार्यले दलित समुदायको भावनामा ठेस पुगेको भन्दै शिघ्रातिशीघ्र कारवाही हुनुपर्ने बताउनुभएको छ  । 

यस्तै सोलुदुधुकण्ड नगरपालिकाका कार्यपालिका सदस्य निरकुमार नेपालीले पनि दलित समुदायमाथिको विभेद हाल सम्म अन्त्य हुन नसक्नु दुखःद रहेको बताउनुभएको छ ।
दलित समुदाय माथि भएको जातिय विभेद अन्त्य गर्न प्रशासन सँग माग गर्दै उनीहरूले माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।  जिल्ला प्रशासन कार्यालयका प्रमुख देवी पाण्डे खत्रीले यस्ता कार्य विरुद्ध शून्य सहनशीलता (जेरो टलरेन्स) अपनाउने बताउनुभएको छ  । 

जातीय विभेद कसूर तथा सजाय ऐन २०६८ ले नै नेपालमा जातीय विभेद अन्त्य भएको घोषणा गरेको छ ।  तर यत्तिका वर्षसम्म पछि पनि यस्ता घटना दोहारी रहँदा नेपाली समाजमा अझैपनि जातीय विभेदका रङ्गहरू सक्रिय छन भन्ने बुझिन्छ । 

Previous Post

सोताङ गाउँपालिका २ र ३ ले काठमाडौँबाटै सेवा प्रदान गर्दै

Next Post

सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुवाको मृत्यु

Related Posts

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
0
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
0
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
0
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
0
Next Post
सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुवाको मृत्यु

सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुवाको मृत्यु

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly