साउन २९, सोलुखुम्बु । काठमाडौंमा बसोबास गर्ने वडाबासीलाई लक्षित गरी सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर २ र ३ ले एक साथ शिविर सुरु गरेका छन् । वडा कार्यालयले पेशा, व्यवसाय र कामको शिलशिलामा काठमाडौंमा बस्दै आएका वडाका नागरिकलाई राजधानीबाटै सेवा सुरु गरेका हुन् ।
मंगलबार कोशी प्रदेश सभाका सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’को प्रमुख आतिथ्याता र सोेताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको आतिथ्यतामा शिविरको उद्घाटन गरिएको जनाइएको छ । काठमाडौंमा शिविर राखेर वडाबाट प्रवाह हुने विभिन्न सेवा प्रदान गर्न थालिएको सोताङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्याम कुमार खालिङ र सोताङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकर्ण बस्नेतले जानकारी दिनुभयो ।
दुई दिने शिविरमा सामाजिक सुरक्षा भत्ता नविकरण साथै नयाँ भत्ता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराई लगायत पञ्जिकरण सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गरिने वडा अध्यक्ष बस्नेतको भनाई छ ।
नागरिकलाई सर्वसुलभ र सहज सेवा प्रवाहका लागि शिविर राखिएको वडाले जनाएको छ । शिविर ए वान क्याफे एण्ड पार्टि प्यालेस चाबाहिल काठ्माडौबाट सेवा प्रवाह सुरु गरिएको जनाईएको छ ।
Discussion about this post