साउन २९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वड नम्बर २ काँगेलमा आफ्नै भेनाको हत्या गर्ने सालो पुर्पक्षका लागी थुनामा पठाइएको छ । गत साउन ४ गते राती आफ्नै भिनाजुलाई खुकुरी प्रहार गरि हत्या गर्ने पूर्ण बहादुर लामिछाने लाई पुर्पक्षका लागी थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उनले भिनाजु ६५ वर्षीय भिनाजु सुरेश बस्नेतलाई घरमा सुतिरहेको बेला राती खुकुरी प्रहार गरि हत्या गरिदिएका थिए । हत्या गरेलगत्तै ५ गते पक्राउ परेका लामिछाने २४ दिनपछि कारागार चलान भएका हुन । हत्या पछि अनुसन्धानका लागी प्रहरी हिरासतमा राखिएका लामिछानेलाई जिल्ला अदालत सोलुखुम्बुको आदेश बमोजिम थुनामा पठाइएको हो ।
Discussion about this post