साउन २९, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका नजिकै रहेको वडा नम्बर ७ साल्मे र वरिपरिका गाउँमा व्याप्त टेलिफोन नलाग्ने समस्या समाधानका लागी जिल्ला प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
स्थानीय समाजसेवी राजकुमार प्रधानको अगुवाईमा आएको गाउँबासीहरुको टोलीले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख देवी पाण्डे खत्रीलाई ध्यानाकर्षण गराइएको हो ।
सदरमुकामबाट ७÷८ किलोमिटर टाढा रहेको साल्मे सहित पेकरनासा, सिस्नेरी, थोप्लेनी, खोलाखर्क, सुर्के लगायतका स्थानमा टेलिफोन नलाग्ने समस्याबाट नागरिक ग्रस्त भएको भन्दै यथासिघ्र टेलिकमको नेटवर्क सेवा उपलब्ध गराउन सहजिकरण लागी ध्यानाकर्षण गरिएको समाजसेवी राजकुमार प्रधानले बताउनुभयो ।
यि क्षेत्रका करिब २ सय घर नागरिकहरु अहिले पनि टेलिफोन लगायतका सेवाबाट बञ्चित छन् । प्रमुख जिल्ला अधिकारी खत्री मार्फत स्थानीयले नेपाल टेलिकमको कार्यालय सल्लेरी, सोलुदुधकुण्ड नगरपालिका, सोलुदुधकुण्ड नगरपनलिका ७ र ११ को कार्यालयसहित लाई ध्यानाकर्षण गराउँदै टेलिकमको सेवाबाट बञ्चीत नागरिकलाई सुविधा विस्तार गाराउन माग गरेका छन् ।
प्रविधीको युगमा अझैपनि नागरिक टेलिफोन सेवाबाटै बञ्चीत हुनु दुखदायी कुरा भएको समाजसेवी प्रधानले बताउनुभयो ।
Discussion about this post