साउन ३०, सोलुखुम्बु । सोलुखुम्बुमा एक मृग मरेको अवस्थामा फेला परेको छ । जिल्लाको माथिल्लो क्षेत्र खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ मा एक पोथी मृग मृत अवस्थामा प्रहरीले फेला पारेको हो । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा मृत फेला परेको मृग करिव १ वर्षको हुनसक्ने प्रहरीको अनुमान छ । कुनै जनावरको आक्रमणमा परि मरेको जस्तो देखिएको उक्त मृतको अगाडि मुख र पछाडिको भागनै जनावरले खाएको जस्तो देखिएको छ । मृत मृगको कानुनी प्रकृयाका लागी सगरमाथा राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोताङको सुस्ला डाँडामा फोरजी टावर संचालनमा
चैत्र २०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ४ स्थित सुस्ला डाँडामा फोरजी टावर संचालनमा आएको छ । मंगलबार...
Discussion about this post