साउन ३०, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाद्धारा सञ्चालित सर एडमण्ड हिलारी स्मृति संग्रहालय तथा वृद्ध हेरचाह केन्द्र बुङलाई द पार्ट्नर्स नेपालले सहयोग हस्तान्तरण गरेको छ ।
बुधबार गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ र प्रमुख प्रशासकीय अधिकृत नवीन गोले लगायत गाउँ कार्यपालिका सदस्यहरुको उपस्थितिमा द पार्ट्नर्स नेपालका कोषाध्यक्ष भलाकाजी कुलुङले २ लाख ९३ हजार बराबरको सामाग्री सहयोग गरेको छ ।
रेडियो एभरेष्टका संवाददाता उदव कुलुङका अनुसार समाग्रीहरुमा स्टिल दराज २ थान, म्याट्रिक्स फर्म १० थान, सिरक १० वटा, सिरानी १० वटा, बेड सिट २० वटा, सिरक खोल २० वटा र ४३ इन्चको १ वटा एल इ डि टिभी प्रदान गरिएको हो ।
वृद्ध हेरचाह केन्द्र बुङलाई स्थापना कालदेखी नै द पार्ट्नर्स नेपालले निरन्तर सहयोग गर्दै आइरहेको छ । सहयोगको लागि गाउँपालिका अध्यक्षले धन्यवाद व्यक्त गर्नुभएको छ । यसरी सहयोग गर्न पाउँदा द पार्ट्नर्स नेपाल खुसी भएको कोषाध्यक्ष कुलुङको भनाई छ ।
Discussion about this post