साउन ३१, सोलुखुम्बु । ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ९ का केशर प्रसाद बास्तोला सहित २ जनालाई पुर्पक्षका लागि चेल चलान गरिएको छ । बलत्कार मुद्दाबाट बच्न आफैलाई छुरा प्रहार गर्ने ५० वर्षिय बास्तोला र ६३ वर्षिय नन्दलाल गौमत पुर्पक्षका लागि जेल चलान भएका जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
बुधबार अदालतको फैसलाअनुसार उनिहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश बमोजिम जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवंम सूचना अधिकारी विजय कार्कीले जानकारी दिनुभयो ।
अदालतको आदेशअनुसार सोही करणी अपराधमा मुछिएका ८६ वर्षिय कपिलमणी गौतम भने ५० हजार धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ । गत श्रावण ७ गते राती अज्ञात समूहको आक्रमणबाट घाइते भनिएका केशर प्रसाद बास्तोलाले बलत्कार मुद्दाबाट बच्न आफैलाई छुरा प्रहार गरेको श्रावण १७ गते खुलासा भएको थियो ।
सोही घटना अनुसन्धानका क्रममा पिडीत युवतीलाई ५० वर्षिय बास्तोलासहित, ६३ वर्षिय नन्दलाल गौमत र ८६ वर्षिय कपिलमणी गौतम गरि ३ जनाले जवरजस्ती करणी गर्ने गरेको समेत खुल्न आएको थियो ।
Discussion about this post