भदौ १, सोलुखुम्बु । नेपाली कांग्रेसका पर्यटन विभाग प्रमुख तथा केन्द्रिय सदस्य आङ्ग गेलु शेर्पाले थामे विपतिबारे ५ बुँदे सुझाव दिनुभएको छ । शनिबार थामे घटना बारे सामाजिक सञ्जाल मार्फत ५ बुँदे सुझाव दिनुभएको हो ।
शेर्पाले नेपाल सरकारसँग माग राख्दै बाढीपिडितलाई राहत तथा तत्काल बसोबासको प्रबन्ध गरिनु पर्ने, छात्रावासका विद्यार्थीहरुको पुनरबासका साथै पठनपाठन जारी राख्ने व्यवस्था गर्नुपर्ने छ ।
दुधकोशीको उद्गम स्थलमा मनसुन अवधिभर २४ सै घण्टा सुरक्षा तैनाथ गरी तल्लो तटीय क्षेत्रमा साइरण झडान गरि नदि बढने बित्तिकै सतर्कता अपनाउन सुचना दिने गरी राख्ने व्यवस्था गरिनु पर्ने, जलवायु र भूगर्भ बिद्को टोली बनाई सगरमाथा क्षेत्रको हिमनदी, हिमतालको तुरुन्त अध्ययन गरि दिर्घकालिन सुरक्षा नीति तय गरि कार्यन्वयन गर्नु पर्ने छ ।
यस्तै बाढीले भत्काएको बाटो, माप्यदुधकोशीको जुबिङ जोड्ने पुल सबैको निर्माण तथा मर्मत ट्रेकिङ सिजन सुरु हुनु अगाडि नै भइसक्नु पर्ने मागहरु सरकार समक्ष राख्नु भएको छ ।
Discussion about this post