भदौ १, सोलुखुम्बु । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुको बाढी क्षेत्रमा राहत र उद्दारमा कमी हुन नदिन सरकारलाई आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन् ।
शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढीले १ दर्जन बढी घर बगाएको थियो । उनले जलवायु परिवर्तनको नकारात्मक असरले गर्दा पर्वतीय देशहरूको मानवीय जीवन बहुआयमिक जोखिममा पर्दै गएको समेत बताएका छन् ।
आफूले राष्ट्रसंघको महासभादेखि कोप–२८ मा समेत जलवायु न्यायको कुरा गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले नेपालजस्ता देशहरूले नगरेको गल्तीको सजाय भोगिरहेको बताएका छन् ।
Discussion about this post