भदौ २, सोेलुखुम्बु । जनै पुर्णिमाको अवसरमा दुधकुण्डमा लाग्ने मेला व्यवस्थापनका लागी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको टोली मेला स्थलमा सक्रियताका साथ खटिएका छन् । धार्मिक तीर्थस्थल दूधकुण्ड उच्च स्थानमा रहेकोले भक्तजनहरूको स्वास्थ्य र यात्रा प्रति मध्य नजर गर्दै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको टोली मेला स्थलमा खटिएका हुन् ।
जिल्लाका बिभिन्न सुरक्षा निकायहरूसँगको सहकार्यमा सुरक्षाकर्मीहरू र जिल्ला अस्पताल फाप्लु सँगको सहकार्यमा स्वास्थ्यकर्मीहरूको टोली मेला लाग्ने स्थानमा शनिबार नै मेला स्थानमा पुगिसकेका छन् । भक्तजनहरूको सुविधाका लागी स्वास्थ्यकर्मीहरूको टोलीले दुई ठाँटबाट प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिरहेको जिल्ला अस्पताल फाप्लुका निमित्त कार्यालय प्रमुख डाक्टर प्रशान्त शाहले बताउनु भएको छ ।
स्वास्थ्यकर्मीहरूले सहर्स बेनी र मेला लाग्ने स्थानबाट सेवा प्रदान गरिरहेको उहाँको भनाई रहेको छ । तीर्थ यात्रीहरूलाई एक्लै नहिँड्ने, मादक पदार्थ सेवन नगर्न र एकै दिनमा धेरै नहिँड्न अनुरोध गर्नु भएको छ । मेला व्यवस्थापनकै लागी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले ३ जना स्वास्थ्यकर्मी र ७ जना स्वयं सेवको टोली खटिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका कोष अध्यक्ष सुरेस खडकाले बताउनु भएको छ ।
दुधकुण्डमा प्रत्येक वर्षको जनैपूर्णिमा मेला लाग्ने गरेको छ । वर्षेनी लाग्ने मेलामा अल्टिच्युडको समस्यालाई ध्यानमा राख्दै नगरपालिका र रेडक्रस सोसाइटीको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ ।
Discussion about this post