भदौ २, सोलुखुम्बु । रामेछापमा किसानको गोठमा बाँधीराखेको खसी र बोका चोर्दै बजारमा लगेर बिक्री वितरण गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला फिक्कल गाउँपालिका–२ का २७ बर्षिय गोपीलाल सुनुवार रहेका छन् ।
उनले गएको साउन २३ गते राति रामेछाप नगरपालिका–४ कावीरबहादुर मगरको गोठ भित्र बाँधिराखेका तीन वटा खसी चोरी गरेका थिए । हराएका खसी सिन्धुलीको फिक्कल गाउँपालिका–२ मा लुकाईछिपाई राखेको सूचना पाएसँगै प्रहरीले खसीसहित मगरलाई पनि पक्राउ गरेको हो ।
Discussion about this post