भदौ ३, सोलुखुम्बु । दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीका नेपाली सेनाको टोलीले ८३ बर्षिय बृद्धाको प्राथमिक उपचार गरी दुधकुण्डको दर्शन गराइएको छ । सोमबार दुधकुण्डमा जनैपुर्णिमाको अवसरमा पुजा आर्चना गर्न आएका काभ्रेपलान्चोक महादेबस्थान २ का ८३ बर्षिय जगत बहादुर बिष्टलाई दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीका सेनानी नवराज बस्नेतले दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीका सेनानी नवराज बस्नेतको टोलीले प्राथमिक उपचार पछि बोकेर दर्शन गराएका हुन् ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ सहर्ष बेनि देखि करिब १ किलो मिटर आगाडि ४३ सय मिटर उकालो बाटो मा फेला पारी उनलार्य प्राथमिक उपचार गरी बोकेर दुधकुण्डको दर्शन गराइएको दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीका सेनानी नवराज बस्नेतले जानकारी दिनुभयो ।
जनै पुर्णिमाको अवसरमा दुधकुण्डमा लाग्ने मेला व्यवस्थापनका लागी सुरक्षाकमीको टोली मेला स्थलमा सक्रियताका साथ खटिएका छन् । अहिले देश विदेशका भक्तजनहरुले दुधकुण्ड मेलाको दर्शन गरिरहेका छन् ।
Discussion about this post