भदौ ४, सोलुखुम्बु । दुधकुण्ड मेलामा हराएको २ वटा मोबाइल प्रहरीको टोलीले फेला पारी सम्बन्धित धनीलाई बुझाएका छन् । दुधकुण्ड दर्शन गर्न पुगेका त्रियुगा नगरपालिका ८ उदयपुरका सुनिता निरौला र नारायण नगरपालिका १० दैलेखका कल्पना बोगटीको मोबाईल प्रहरीले फेला पारी सम्बन्धीत ब्यक्तिलाई बुझाएको हो ।
दुधकुण्डको मेलामा भेटिएको मोबाइल सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post