भदौ ५, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ वर्षिय विकास राई रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारको क्रममा शुक्रबार बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
Discussion about this post