भदौ ५, सोलुखुम्बु । धनुषाको जनकपुरमा स्थित राजर्षी जनक विश्वविद्यालय अन्तर्गत विश्वविद्यालय क्याम्पसका विद्यार्थीहरुले भदौ ४ गते साँझ ६ बजे जनकपुरधामको रामानन्द चौकमा दीप प्रज्जलन गरि डा. मौमिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
विश्वविद्यालय क्याम्पसका शिक्षक, कर्मचारी, स्वास्थ्य संकाय लगायत अन्य संकायमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा डा. मौमिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै न्यायको लागि माग गर्दै प्रदर्शन गरेका छन् ।
यस भयानक घटनाले नेपालका सम्पुर्ण चिकित्सा एवम् स्वास्थ्य क्षेत्रमा स्तब्ध बनाएको भन्दै सरकारले चिकित्सा एवम् स्वास्थ्यकर्मीलाई सुरक्षा ग्यारेन्टी व्यवस्था गरिनुपर्ने माग राखी सरकारप्रति ध्यानाकर्षण गराएको सोही क्याम्पसका स्वास्थ्य संकायमा अध्ययनरत विद्यार्थी राजेश प्रसाद पालले बताएको छ ।
भारतको आरजी आर मेडिकल कलेजमा रेस्पिरेटरी मेडिसिनमा स्नातकोत्तर अध्ययनरत डा. मौमिता देवानाथको ९ अगस्ट २०२४ को बिहान अस्पतालको आकस्मिक विभागमा ड्युटीमा रहेको अवस्थामा शव फेला परेको थियो । उनी दृश्यात्मक चोटहरु सहित अर्धनग्न अवस्थामा फेला परेका थिए । प्रारम्भिक पोस्टमार्टम परिणामहरुले उनको बलात्कार र हत्या गरिएको पुष्टि गरिएको थियो ।
Discussion about this post