भदौ ६, सोलुखुम्बु । अस्पताल निर्माणका लागी भौतिक सामाग्री लिएर आएको ट्रक दिप्लीघाटमा दुर्घटनामा परेको छ । सोलुखुम्बुको सोताङ गाउँपालिकामा रहेको सोताङ अस्पताल निर्माणका लागी मार्वल लिएर सोताङ तर्फ जाँदै गरेको ट्रक जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ दिप्लीघाट स्थित भित्री सडकमा दुर्घटनामा परेको हो ।
ना ८ ख ४१ २९ नम्बर को ट्रक अचानक व्रेक फेल भई सडकबाट करिव १५ मिटर तल झर्दा ट्रकका चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । चालक सङ्खुवासभाको चिचिला गाउँपालिका १ का ३५ वर्षिय उदिप बुढाथोकी समान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
यस्तै उक्त ट्रकमा सवार सोताङका चोलेन्द्र बुढाथोकी सामान्य घाइते भएको जनाइएको छ । दुर्घटनामा परेको ट्रक जेसीविको माध्यमबाट उठाएर दुर्घटना स्थलमा राखिएको छ ।
Discussion about this post