Saturday, September 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मुस्ताङमा स्याउ टिप्न समयतालिका तय

Radio Everest by Radio Everest
August 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ७, सोलुखुम्बु । मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समयतालिका तय गरिएको छ। उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते, रिङरोट जातको स्याउ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने तालिका बनाइएको हो।

जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा आज जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र कृषकको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। अघिल्ला वर्षमा मुस्ताङमा असोज १ गतेदेखि स्याउ टिप्ने गरिएको थियो। कृषक कर्म गुरुङले तापक्रम वृद्धिका कारण यसपाली स्याउमा छिटो गुलियो पसेकाले टिप्ने समय अघि सारेको बताए।

अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले दाबी गरे। गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए। मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउखेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ।

३८ हेक्टर क्षेत्रफल जमिनमा इटालीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ। गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको र ४९ करोड २५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याक छ। म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायतका व्यापारी बगैँचामा नपाक्दै अग्रीम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन्। मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीको रूपमा स्याउ किनेर लैजाने गर्छन्। बिक्री नभएका साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाइन्छ।

Previous Post

आजको मौसम : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

टिकटकमाथिको प्रतिबन्ध हटे पनि खुल्न केही समय लाग्ने, यस्ता छन् सर्तहरू

Related Posts

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
0
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
0
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
0
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
0
Next Post
टिकटकमाथिको प्रतिबन्ध हटे पनि खुल्न केही समय लाग्ने, यस्ता छन् सर्तहरू

टिकटकमाथिको प्रतिबन्ध हटे पनि खुल्न केही समय लाग्ने, यस्ता छन् सर्तहरू

Discussion about this post

Everest Highlights

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly