भदौ, सोलुखुम्बु । आर्थिक अभावका कारण लामो समयदेखि रोग पत्ता नगाउन समेत नसकेर उपचारबाट बञ्चि ओखलढुंगाका एक महिलाको केएमसी अस्पताल सिनामंगलमा निःशुल्क उपचार भएको छ । नेपाली कांग्रेसका सांसद समेत रहेका डा सुनिल शर्माले चिशंखुगढी –३ दियाले निवासी कमला शंकरको ब्रेन टयुमरको शल्यक्रिया निशुल्क गरिदिएका हुन।
आर्थिक अभावका कारण टयुमर पिडीत महिला आफ्नो रोगकै बारेमा थाहा नपाएर घरमै धामी झाक्रीका भरमा बसीरहेकी थिइन् । उनको उपचारका लागि नेपाली कांग्रेस ओखलढुंगाका नेता टेकराज भट्टराई र पार्टी सचिव राजकुमार ढुंगानाले डा सुनिल शर्मासँग आग्रह गरेका थिए ।
शर्माले एमआरआई सहित ब्रेन ट्युमरको पत्ता लगाई निशुल्क उपचार गरिदिएको नेता टेकराज भट्टराईले जानकारी दिनुभयो । उनको शल्यक्रिया बुधबार गरिएको र अहिले विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
Discussion about this post