भदौ ७, सोलुखुम्बु । सिद्धिचरण ४ रुम्जाटारमा मतान घर भत्किदा पशु चौपायमा क्षती भएको छ । अबिरल वर्षाका कारण ओखलढुंगा सिद्धिचरण नगरपालिका ४ रुम्जाटार स्थित रिना गुरुङको मतान घर लडेर पशु चौपायमा क्षती भएको हो ।
शुक्रवार विहान गुरुङको काँचो ईट्टाको गारो टिनको छानो भएको घरसंगैे मतान घर लडेर मतानमा भएका एउटा खसी मेरको र ३ वटा घाइते भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
जिल्ला प्रहरी कर्यालयका प्रहरी निरीक्ष एवंम सुचना अधिकारी विजय कार्कीका अनुसार पुर्ण रुपमा लडेको मतानमा पुरिएको अवस्थामा ३ वटा खसीको बि.सु.गार्ड रुम्जाटारको प्रहरी टोलीले जिवितै उद्धार गरेको थियो । एउटा खसी भने मरिसकेको पाएको बताइएको छ ।
Discussion about this post