भदौ ७, सोलुखुम्बु । तनहुँको आँबुखैरेनी गाउपालिका वडा नम्बर २ को मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ। शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ४० जना जति यात्रु रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ भने घटनाको विस्तृत विवरण आएको छैन ।
Discussion about this post