Thursday, September 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको प्राङ्गारिक मल तथा बायोग्यास उद्योगमा लगानी करोडौँ, उपलब्धि शून्य

Radio Everest by Radio Everest
August 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ११, सोलुखुम्बु । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते उद्घाटन गर्नुभएको थियो । तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले विसं २०७६ असार एक मा शिलान्यास गर्नुभएको प्राङ्गारिक मल तथा बायोग्यास प्लान्ट अर्थमन्त्रालयको विशेष अनुदानवापत तीन करोड ३२ लाख तथा नगरपालिकाको एक करोड ५६ लाख लगानीमा स्थापना गरिएको हो ।

रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियानमा स्वतःस्फूर्त लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग सञ्चालन भएपछि हर्षित बनेका थिए । प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्राङ्गारिक मल उद्योग तथा गोबर ग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्नेगरी स्थापना गरिएको बायोग्याँस प्लान्ट अहिले अलपत्र छ ।

१५ वडा रहेको यस नगरपालिकालाई अर्गानिक नगर बनाउँदै आन्तरिक आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्य सहित चार करोड ५६ लाख लगानीमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग लामो समयदेखि अलपत्र बनेपछि नगरपालिकाका वर्तमान जनप्रतिनिधि आलोचित बनेका छन् । राज्यको करोडौँ लगानीमा स्थापना गरिएको दुई उद्योग उद्घाटन गरेको तीन वर्ष पाँच महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउने नगरपालिकाको कुनै योजना नभएपछि जिल्लावासीले अलपत्र उद्योगको तस्बिर सामाजिक सञ्जालमा राख्दै आलोचना गर्ने गरेका छन् ।

अघिल्लो स्थानीय सरकारले दीर्घकालीन कार्ययोजना नबनाइ विभिन्न संरचना निर्माण गरेकाले यस्तो अवस्था आएको वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईको दाबी छ । उद्योग परिसरमै निर्माण निर्माण गरिएका पोखरी र हाइटेक ग्रिन हाउस पनि अलपत्र अवस्थामा छ । पोखरी र हाइटेक ग्रिन हाउस निर्माणमा नगरपालिकाको ठूलो मात्रामा रकम खर्च भएको स्रोतको दाबी छ ।

Previous Post

धरानमा छुरा प्रहारबाट छोरीको मृत्यु, आमा गम्भिर घाईते

Next Post

 प्रहरी सहायक हवल्दारकाे मृत्यु प्रति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको शोक सलामी

Related Posts

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
0
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

September 17, 2026
0
सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026
0
विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

September 17, 2026
0
Next Post
 प्रहरी सहायक हवल्दारकाे मृत्यु प्रति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको शोक सलामी

 प्रहरी सहायक हवल्दारकाे मृत्यु प्रति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको शोक सलामी

Discussion about this post

Everest Highlights

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

September 17, 2026
सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026
विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

September 17, 2026
विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

September 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

September 17, 2026
सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly