भदौ ११, सोलुखुम्बु । आफ्नो सङ्गठनका कर्मचारीको मृत्यु प्रति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शोक सलामी दिएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ का प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौला प्रति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शोक सलामी दिएको हो ।
ड्उटिमा खटिएका बेला अचानक बेहोस भई ढलेका प्रहरी सहायक हवल्दार निरौलाको गत ८ गते उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई सोमबार १० गते घर ल्याइ अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कारमा पुगेर जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारिका प्रसाद घिमिरे, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरेको जनाइएको छ । मृतक निरौलालाई नेपाल प्रहरीको झण्डा ओढाउदै शोक सलामी दिइएको थियो ।
सङ्खुवासभाको मङ्गलबारे प्रहरी चौकीमा कार्यरत निरौला ड्युटिमा खटिएकै बेला अचानक बेहोस भइ ढलेका थिए । उपचारका लागी तेह्रथुमको बसन्तपुर स्वास्थ्य चौकी अस्पताल पुर्याइएकोमा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनको शव बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि नेचासल्यान गाउँपालिका सोलुखुम्बु ल्याएर अन्तिम संस्कार गरिएको थियो ।
Discussion about this post