भदौ १५, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउपालिका वडा नम्बर १ कुईभिर स्थित कुइभिर माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारी गठन गरिएको छ । शनिबार विद्यालयमा सुमन माझिको अध्यक्षतामा २५ सदस्यीय इकाई कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा समिक्षा बास्तोला, बालिका बास्तोला र सौरभ राई चयन भएका छन् । यस्तै सचीवमा निरुता वास्तोला, सह सचीवमा समिक्षा अधिकारी, प्रभासी राई र कोषाध्यक्षमा पुर्ण भुजेल चयन भएको सहकर्मी धनकुमार ढुगेंलले जानकारी दिनुभयो ।
इकाई कमिटी गठन गर्ने क्रममा अध्यक्ष सुशान्त लामाले दुई तिहाई बहुमत सहित सरकारको नेतृत्व गरिरहेको वर्तमान सरकारले संस्थागत भ्रष्टाचारलाई बढुवा दिने गरेको/ भ्रष्ट र माफिया व्यवसायी संग मिलेर कुशल प्रशासक कुल्मानलाई उल्टो कारबाही गर्न लागेको अवस्थामा सरकारको यस कदमको अखिल क्रान्तिकारीले प्रतिवाद गर्ने बताउनुभताउनुभयो ।
Discussion about this post