भदौ १६, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा आयोजनामा गरिएको तीज विशेष कार्यक्रम अन्तर्गत संगिनी नाचमा ‘गोदावरी महिला समूह’ प्रथम भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा समावेशी महिला समुहको आयोजनामा गरिएको कार्यक्रममा गोदावरी महिला समूह’ प्रथम भएको हो ।
शनिबार सोताङ पब्लिक क्याम्पसको प्राङ्गणमा भएको संगिनी नाच प्रतियोगितामा ‘फुस्तेल महिला समुह’ दोश्रो ‘ईद्रावति महिला समुह’ तेश्रा र बालकन्या महिला समुह सान्त्वना भएको छ । प्रतियोगिताको प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुने समूहले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ४ हजारको साथमा प्रमाणपत्र वितरण गरिएको वितरण गरिएको छ । यस्तै पालिका भित्रका १८ वटा महिला समुहका सम्पूर्ण सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको सोताङ गाउँपालिका प्रवक्ता बलुकुविर राईले जानकारी दिनुभयो ।
मौलिक भेषभुषा र परम्परागत संस्कृतिलाई निरन्तरता दिने हेतुले सो कार्यक्रमको आयोजना गरिएको सोताङ गाउँपालिकाका उपाध्यक्ष अन्जु नाछिरिङले बताउनुभयो । सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर महादेव पति पाएको धार्मिक किम्वदन्ती रहेकाले तीजमा व्रत बस्ने अविवाहिताले सुयोग्य वर पाउने र विवाहिताले अटल सौभाग्य पाउने विश्वास रहि आएको छ ।
Discussion about this post