भदौ १६, सोलखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला स्थित ङग्युर ओर्गेन छ्योलिङ गुम्बालाई ८ हजार थान ईटा सहयोग प्राप्त भएको छ । शनिबार बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य रग्बा शेर्पाको अगुवाईमा ङग्युर ओर्गेन छ्योलिङ गुम्बालाई ८ हजार थान ईटा सहयोग प्राप्त भएको हो ।
गुम्बा निर्माणका लागि ईटा अवश्यक देखिएकाले गुम्बाका आर्थिक सयोंजक ङवाङ शेर्पा मार्फत अनुदान स्वरुप प्रदान गरिएको सदस्य रग्बा शेर्पाले जानकारी दिनुभयो । उक्त जिन्सी उपलब्ध गराउने बौद्धनाथ क्षेत्र विकास समितीलाई समाजसेवी गोम्बु शेर्पाले धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
Discussion about this post