भदौ १८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ स्थित बि.पी संस्कृत माध्यमिक विद्यालयमा नेपाल जापान प्रोजेक्ट २०२४ [Cultural Exchange and Knowledge Sharing Program] जारी छ । । सोमबारबाट विद्यालयमा पूर्व विद्यार्थी समाजको समन्वयमा नेपाल जापान प्रोजेक्ट २०२४ सुरु भएको हो ।
नेचासल्यान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सिताराम काफ्लेको प्रमुख अतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज के.सीको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
जापानको कला, संस्कृती र नेपाली कला संस्कृति दर्शाउने साथै नेचासल्यानलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउँदै लैजाने हेतुले विद्यालयमा पहिलो पटक यस कार्यक्रम आयोजना गरिएको बि.पी संस्कृत माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समाजका अध्यक्ष दिपक बाबु निरौलाले जानकरी दिनुभयो । तिन दिन सम्म संचालन गरिने कार्यक्रम भोली बुधवार सम्पन्न गरिने विद्यालयले जनाएको छ ।
Discussion about this post