भदौ २२, सोलुखुम्बु । शेर्पा विद्यार्थी संघ ओखलढुंगाले भवन परिसर सरसफाई गरेको छ । शनिबार “सुन्दर र स्वच्छ शेर्पा संघ हामी सबैको दायित्व” भन्ने मुल नाराका साथ शेर्पाहरुको साँझा थलो नेपाल शेर्पा संघको भवन सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रममा नेपाल शेर्पा बिद्यार्थी संघ जिल्ला कार्यसमिति ओखलढुंगाका अध्यक्ष फुरी शेर्पाको नेतृत्वमा सरसरफाई गरिएको जनाइएको छ । विगत लामो समयदेखि नेपाल शेर्पा विद्यार्थी संघले समुदाय उत्थानको लागी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
उक्त सरसफाइ अभियानमा नेपाल शेर्पा बिद्यार्थी संघका केन्द्रीय सह– अध्यक्ष फुर्वा छिरिङ शेर्पा महासचिव पेम्बा ग्याल्छेन शेर्पा लगायत १५ जानको सहभागीता रहेको थियो ।
Discussion about this post