भदौ २२, सोलुखुम्बु । खुम्बु बिजुली कम्पनी पुनः निर्माणका लागि कोशी प्रदेशले २० लाख सहयोग गर्ने भएको छ । गत साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ स्थित थामेमा आएको बाढीका कारण क्षति पुगेको खुम्बु बिजुली कम्पनीको पुन : निर्माणका लागी प्रदेश सरकारले २० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले गत मंगलबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लब अधिकारी, खानेपानी सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँच कर्ण राई र तिनै वटा मन्त्रायलका सचिवहरूलाई खुम्बु बिजुली कम्पनीलाई बजेट बिनियोजन गर्न निर्देशन दिनु भएको हो ।
साथै थामे खानेपानी योजना पुनः सञ्चालनका लागी लाग्ने पाइप खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालय कोशी प्रदेश सरकारबाट उपलब्ध गराउने निर्णय भएको जनाइएको छ ।
Discussion about this post