भदौ २२, सोलुखुम्बु । घरमाथिबाट झरेको पहिरोले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका ३ की कृष्ण कुमारी राईको घर क्षतिग्रस्त बनेको छ । नेपाली काङ्ग्रेसका नेता स्व. तीर्थराज राईको घर पहिरोले पूर्णरुपमा क्षति ग्रस्त बनेको हो । कृष्ण कुमारी स्वर्गीय राईको पत्नी हुन । घरमा पूर्ण रुपमा क्षती भएपछि विस्थापित भएको परिवारलाई दिप्रुङ चुइचृुम्मा गाउँपालिकाले राहत सामाग्री वितरण गरिएको छ । गत २१ गते परेको भारि वर्षात पछि घरमाथिबाट झरेको पहिरोले घरमा पुर्णरुपमा क्षति पु¥याएपछि विस्थापीत भएका दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ३ याङ्सोलाका पहिरो पीडित कृष्ण कुमारी राईलाई खाद्यान्न तथा टनेल उपलब्ध गराइएको हो ।
वडा अध्यक्ष भुपेन्द्र जङ्ग बस्नेतको नेतृत्वमा गएको टोलीले क्षतिको विवरण निर्क्यौल गरि १ थान टनेल र आवश्यक खाद्य सामाग्री वितरण गरेको हो । घर माथि रहेको करिव ३० मिटर अग्लो बारीको कान्ला सहित बासको झ्याङ सहित आएको पहिरोले घर र घर भित्रको सामाग्री नष्ट गर्दा १० लाख बढीको क्षती भएको अध्यक्ष बस्नेतले बताउनुभएको छ । राईको मूलघर पहिरोले क्षतिग्रस्त बनेको उहाँको भनाई छ ।
Discussion about this post