भदौ २३, सोलुखुम्बु । शान्ति सुरक्षाका सँगै नेपाल प्रहरीको अन्यत्र उपस्थिति पनि उत्तिकै प्रशंसनिय बन्दै गएको छ । हिमाली जिल्ला सोलुखुम्बुको जिल्ला प्रहरी कार्यालय र मातहतका सुरक्षा इकाईमा कार्यरत प्रहरीले खेल क्षेत्रमा पति उत्तिकै उपस्थिति जनाउने गरेका छन ।
भलिबल, ब्याडमिन्टन, फुटबल लगायतका खेलहरूमा प्रहरीको सहभागिता सँगै विजेता हुने क्रम निरन्तर देख्न सकिन्छ । पछिल्लो पटक निजामती सेवा दिवसको अवसरमा जिल्ला सदरमुकाममा आयोजित ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाएका प्रहरी अधिकृतहरूले खुल्ला तर्फको प्रथम उपाधि हात पारेका छन ।
खुल्ला तर्फकै द्वितीय स्थान पनि प्रहरी सहितको टिमले उचालेको छ । खुल्ला तर्फ प्रथम हुने टिममा प्रहरी जवान सुवास थापा र सन्दिप राई थिए भने द्वितीय हुने प्रहरी बरिष्ठ नायब निरीक्षक योगेन्द्र श्रेष्ठ थिए । जिल्लामा शान्ती सुरक्षा सँगै विपद व्यवस्थापनमा खटिएर समग्र नागरिकको सुरक्षाका लागी योगदान गरेबापत कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरेलाई कदर पत्र सहित सम्मानित गरिएको थियो ।
यस्तै कार्यालयमै कार्यरत प्रहरी सहायक निरीक्षक जानुका खड्कालाई पनि कदर पत्रका साथ सम्मानित गरिएको छ । खड्कालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उत्कृष्ठ सेवा प्रवाह गरे बापत सम्मान गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा भएको ब्याडमिन्टन प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रमका क्रममा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले प्रनाउ घिमिरे र प्रसनि खड्कालाई सम्मानित गर्नुभएको हो ।
Discussion about this post