Wednesday, August 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाइँदै

Radio Everest by Radio Everest
September 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २४, सोलुखुम्बु ।  नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो।भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए।

भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए। भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न वि.सं. २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो। प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो। दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा पहिलो दलको रुपमा रहेको छ। कांग्रेस र नेकपा (एमाले) मिलेको लोकतान्त्रिक–प्रगतिशील गठबन्धन सरकारमा सहभागी छ। क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने। २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे।

प्रधानमन्त्रीत्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए। वि.सं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो।

वि.सं.२०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए। उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ। मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बहुदल वा सुधारिएको पञ्चायत भन्ने विकल्पमा जनमत सङ्ग्रहको वातावरण बन्यो। धाँधली गरेर बहुदललाई हराएको भनी देशव्यापी गुनासो भएपनि बिपीले निर्वाचन परिणामलाई स्वीकार गरे।

क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन्। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्।

Previous Post

रीड नेपालद्धारा माप्यमा लैङ्गिक समानता, समावेशी शिक्षा, बाल सुरक्षा तथा अपाङ्गता सम्बन्धि तालिम

Next Post

ऊर्जामन्त्री खड्का गृह जिल्ला सङ्खुवासभामा

Related Posts

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
0
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
0
सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026
0
Next Post
ऊर्जामन्त्री खड्का गृह जिल्ला सङ्खुवासभामा

ऊर्जामन्त्री खड्का गृह जिल्ला सङ्खुवासभामा

Discussion about this post

Everest Highlights

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly