भदौ २५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ५ दिने कुकुर बन्ध्याकरण शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक तथा हिमालयन एनिमल रेस्क्यु ट्रस्टको प्राविधिक साझेदारीमा सुरु भएको कुकर बन्ध्याकरण शिविर मङ्गलबार सम्पन्न भएको हो ।
शिविर मार्फत गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का जम्मा २ सय २३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । सामुदायिक तथा घर पालुवा दुबै गरि जम्मा २ सय २३ वटा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु शाखा अधिकृत लेखनाथ बाँसतोलाले बताउनुभयो । उहाँका अनुसार शिविर मार्फत शिविर मार्फत १ सय ५१ भाले र ७५ पोथी कुकुर को बन्ध्याकरण गरिएको छ । बाँकी वडा नम्बर १ र २ मा पनि आगामी दिनमा बन्ध्याकरण गरिने उहाँको भनाई छ ।
यस पटक नेचासल्यान गाउँपालिकाको ५ लाख रुपैयाँ बजेटमार्फत गाउँपालिकाका कुकुरहरूको बन्ध्याकरण गरिएको अधिकृत बाँस्तोलाको भनाई छ । सामुदायिक कुकुरको उत्पादनलाई न्यूनिकरण गर्दै रेविज जस्ता घातक रोगहरूबाट बच्न यस्तो शिविरको आयोजना गरिएको गाउँपालिकाले बताइएको छ ।
Discussion about this post