Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 फाप्लु बेनी सडक खण्डको स्तरोन्नतिका लागी शिलान्यास, गुणस्तरमा सम्झौता नहुने मेयर शेर्पाको भनाई 

Radio Everest by Radio Everest
September 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २६, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका स्थित फाप्लु, खोलाघारी, बेनी सडक खण्डको स्तरोन्नतिका लागी शिलान्यास गरिएको छ ।  सोलुदुकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच बुधबार सडक स्तरोन्नतिका लागी शिलान्यास गरिएको हो । सघन सहरी तथा भवन आयोजना ओखलढुंगाको ८ करोड ५४ लाख ११ हजार १ सय ८७ रुपैयाँ लागतमा स्तारोन्नती हुने सडकको निर्माण कम्पनी देवीथान/सम्सेर जेभिले निर्माणको जिम्मा लिएको छ । उक्त बजेटले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा ७ सय मिटर सडक ढलान हुने जनाइएको छ । यस्तै बाँकी फाप्लुबाट खोला घारी हुँदै सो सडक खण्डका विभिन्न स्थानमा स्तरोन्नतिका कामहरु हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जीनियङ धर्मेन्द्र पासवानले बताउनुभयो । पासवानका अनुसार उक्त बजेटमा कुल २ दशमलव ४ किमि सडक स्तरोन्नतिको काम हुने छ ।

सडक शिलान्यास कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले विकासका काममा नगरपालिकाले गुणस्तरमा सम्झौता नगर्ने भन्दै बजेट र स्टिमेट अनुसारको काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।  उहाँले नगर क्षेत्र भित्रको विकासको कामका लागी अनुगमन र गुणस्तर परिक्षणलाई ध्यानमा राख्दै काम भइरहेकोले यस सडक स्तरोन्नतिको काममा पनि गुणस्तरमा सम्झौता नहुने बताउनुभएको हो ।

यस्तै शिलान्यास कार्यक्रममा बोल्दै नगरपालीकाकी उपमेयर गान्धीमाया तामाङले सघन सहरीबाट नगरपालिकाकाका लागी विभिन्न कामहरु भइरहेको भन्दै उहाँले मेयर शेर्पाले गरेको लामो प्रयास पछि प्राप्त सफलता भएको उल्लेख गर्नुभयो । उहाँले निर्माण व्यवसायीका लागी जनप्रतिनिधिको साथ रहेको भन्दै कुनै बाधा अवरोध भएमा समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले मेयर शेर्पा र पूर्व सहरी विकास मन्त्री सिता गुरुङको पहलमा बजेट व्यवस्थापन भएको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो । आफ्नो वडामा पनि काम हुने भएकाले काम गर्दा हुने असहजता र अन्य कठिनाइ हरूमा सहजिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै वडा नम्बर २ का वडा अध्यक्ष ङवाङ् ठिले शेर्पाले आफ्नो वडा र वडा नम्बर ४ का लागी खुसीको दिनको रुपमा लिएको भन्दे गुणस्तरको कुरामा सम्झौता नगर्ने दोहोर्‍याउनुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै सम्सेर निर्माण सेवाका सम्शेर कार्कीले परिणाम र परिमाणका विचमा रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले काम गर्ने सन्दर्भमा हुने कठिनाइ र समस्याहरूमा स्थानीयवासीको साथ चाहिने उल्लेख गर्नुभयो ।  उहाँले सम्झौता अघिनै काम सम्पन्न गरि हस्तान्तरण गर्ने गरि काम सुरु गर्ने जिकिर गर्नुभएको छ  ।

शिलान्यास कार्यक्रममा उपस्थीत स्थिानीयहरुले आफ्नो क्षेत्रमा हुने सडक पुर्वाधार विकाको कामलाई राम्रो र गुणस्तरीय बनाउन खवरदारी गर्ने बताएका छन् । उनिहरुले गाउँको बाटो ढलान हुने भएपछि खुसि पनि व्यक्त गरेका छन ।

निर्माण कम्पनीले गत जेठ ३१ गते नै आगामी वर्षको असोज मसान्त भित्रमा सडक स्तारेन्नतीको काम सक्नुपर्ने गरि सम्झौता भएको छ ।  

Previous Post

क्यान्सर पीडितलाई प्रहरीद्धारा १ लाख २३ हजार सहयोग

Next Post

पाँचथर विस्फोट : मृतक परिवारलाई ५/५ लाख दिइने, घाइतेको उपचार निःशुल्क

Related Posts

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
0
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
0
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
0
पहिरोका कारण अवरुद्ध सोलुखुम्बु–काठमाडौँ सडक अस्थायी रूपमा सञ्चालन

Discussion about this post

Everest Highlights

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly