भदौ २९, सोलुखुम्बु । झापाको अर्जुनधारा नगरपालिका–६ बिर्तामोडमा एक युवकले छुरा प्रहार गरी युवतीको हत्या गरेका छन् । कैलाली गौरीगङ्गा नगरपालिका–३ बस्ने २० वर्षीय अनिल विकले इलामको सूर्योदय नगरपालिका–१० फिक्कल घरभई बिर्तामोड बस्ने १९ वर्षीया मनीषा लोहारको मृत्यु भएको हो।
प्रेमिका मनिषालाई अनिलले शुक्रबार साँझ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएकी मनिषाको उपचारको क्रममा विर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उहाँको भनाई छ ।
Discussion about this post