असोज २, सोलुखुम्बु । खोलाले बगाएर बेपत्ता भएका पुर्ण बहादुर मगर मृत फेला परेका छन् । मगरको शव मंगलबार खुम्बु पासाङ ल्हामु गाउँपालिका १ खरिखोलामा फेला परेको हो ।
गत भदौ २० गते खोला तर्ने क्रममा काठे साँगु भाँचिएर बेपत्ता भएका अन्दाजी ५८ वर्षीय मगरको शव करिब ३०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ । पुर्ण बहादुर घाँस बोकेर खरिखोला तर्ने क्रममा साँगु भाँचिदा बेपत्ता भएका थिए । शवको थप कानुनी प्रक्रिया पूरा गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post