असोज ४ गते । हिमाली जिल्ला सोलुखुम्बुमा हाइड्रो आतङ्कबाट पीडित नागरिकका समस्या सरकारमा पुगेका छन् । सोलुखुम्बुको प्रदेश निर्वाचन क्षेत्र क बाट निर्वाचित प्रदेश सांसद गम्बु शेर्पा कर्ज्याङ हाइड्रो पावरको कारणले साल्मे बस्ती जोखिममा परेको छ बताउनु भएको छ ।
उहाँले शुक्रबार प्रदेशसभा बैठकमा बोल्दै अपर सोलु हाइड्रो पावर लिमिटेडको लापरबाही पुर्ण ढंगले निर्माण गरेकोले बस्तीनै जोखिममा परेको बताउनुभएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ र ११ को सिमानामा पर्ने वडा नम्बर ७ मा अवस्थित साल्मे बस्ती अपर सोलु हाइड्रोको लापरबाहीका कारण जोखिममा परेको भन्दै साल्मेका नागरिकहरूको जीवन बिमा र सम्पत्तिको बिमाको व्यवस्था गर्दै व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।
हाइड्रोकै कारण २५ घर नागरिक बस्नै नसक्ने अवस्थामा रहेको भन्दै सांसद कर्ज्याङले हाइड्रोले प्रभावित समुदायसँग पटक पटक गरेको सम्झौताको बेवास्ता गरिरहेको बताउनुभएको छ । यस्तै उहाँले महाकुलुङ गाउँपालिकामा अवस्थित एपेक्स मकालु हाइड्रो पावरको कारणले वडा नम्बर ४ मा पहिरोको जोखिम बढेको पनि विषय उठाउनुभएको छ । उहाँले हाइड्रो पावरले जनताको मागलाई बेवास्ता गरेको उल्लेख गर्दै सो विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
Discussion about this post