Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रीड नेपालको नगरपालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

Radio Everest by Radio Everest
September 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा रीड नेपालको नगरपालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ । आईतबार सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा बसेको बैठक सम्पन्न भएको हो । रीड नेपालले आर्थिक वर्ष २०८० /२०८१ मा संचालित शैक्षिक कार्यक्रमको समीक्षा, नगर भित्र रीड नेपालले काम गर्ने १९ विद्यालयको तथ्यांक विश्लेषण गरिएको छ ।

साथै गत वर्षको बजेट तथा खर्चको विवरण, उपलब्धी तथा चुनौती, सल्लाह सुझाव दिगोपना समन्वय र सहकार्य लगाएतका विषयवस्तु माथि छलफल गरिएकोमा कार्यक्रमको प्रस्तुति रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गर्नुभएको थियो । कार्यक्रमा प्रस्तुत तथ्यांकमा शैक्षिक सत्र २०८० को १९ ओटा विद्यालयको औसत सिकाइ उपलब्धी ६३.४१ रहेको छ भने यो सिकाइ उपलब्धी गतवर्ष भन्दा ०.८७ % ले वृद्धि भएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोलले रीड नेपालले गरेका कार्यक्रम प्रभावकारी भएको भन्दै अन्य विद्यालयलाई पनि आगामी कार्यक्रममा समेट्न आग्रह गर्नु भयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले रीड नेपालले गरेको कामको प्रसंसा गर्दै गत वर्ष सहकार्यमा पनि धेरै कार्यक्रम भएको स्मरण गर्दै आगामीदिनमा पनि समन्वय र सहकार्यमा शैशिक कार्यक्रम संचालन गर्दा गुणस्तरमा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रमको समापन गर्दै नगर प्रमुख शेर्पाले शैक्षिक गुणस्तर वृद्धिका लागि रीडले महत्त्वपूर्ण कार्यक्रम संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा देखिएका चुनौती समाधान गर्न आफू पनि लागि पर्ने बताउदै शिक्षा समिति शिक्षा शाखा रीड नेपाललाई सयुक्त रुपमा मिलेर अनुगमन गर्न आग्रह गर्नु भयो । साथै विद्यालय व्यवस्थापनले भौतिकमा मात्र नभई शैक्षिक गुणस्तरमा अझ बढी जोड दिनुपर्ने बताउनु भयो ।

रीड नेपालले यो वर्ष संचालन हुने कार्यक्रमबारेमा समेत जानकारी गराएको छ । जसमा प्र.अ, शिक्षक तालिम, वि व्य स शि अ संघ तालिम अभिभावक अभिमुखीकरण, बालक्लव परिचालन, समावेशी शिक्षा तथा लैंगिक समानता बालसुरक्षा, शैक्षिक सामग्री वितरण, विद्यालय सुधार योजना अपडेट, छात्रवृति प्रदान लगाएतका कार्यक्रम संचालन गर्ने जनाएको छ ।

कार्यक्रममा नगर प्रमुख, उप प्रमुख गान्धीमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोल, योजना प्रमुख रामकुमार खड्का, महिला तथा बालबालिका शाखा प्रमुख रिता ढुंगाना, लेखा अधिकृत फुरी लामा, शिक्षा शाखा प्रतिनिधी सन्तोस राउत, स्वास्थ्य शाखा प्रमुख चमर बहादुर मगर र स्थानीय स्रोत शिक्षकहरु लगाएतको उपस्थिति रहेको थियो ।

Previous Post

युनिभर्सल पीस स्याङ्क्चुरीले भव्यताका साथ मनायो,अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४

Next Post

रामेछापमा जीप दुर्घटना हुदाँ वडा सदस्य नेपालीको मृत्यु

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
रामेछापमा जीप दुर्घटना हुदाँ वडा सदस्य नेपालीको मृत्यु

रामेछापमा जीप दुर्घटना हुदाँ वडा सदस्य नेपालीको मृत्यु

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly