असोज ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा संचालित पहिलो जिल्लाब्यापि वडा अध्यक्ष रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेचासल्यान २ ले हात पारेको छ ।
सोलुदुधकुण्ड नगपालिका वडा नम्बर ७ गार्माले आयोजना गरेको रनिङ शिल्ड प्रतियोगतामा लिखुपिके गाउ“पालिका २ लाई ३–२ सेटमा पराजित गर्दै नेचासल्यान २ ले उपभाधि जितेको हो ।
२५ टिम सहभागि प्रतियोगिताको उपविजेता लिखुपिके २ बनेको छ भने तृतिय स्थान सोताङ गाउँपालिका ३ ले हात पारेको छ ।त्यस्तै सान्त्वना गार्मा राताे भएकाे छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्तवना हुने टिमलाई क्रमशः नगद १ लाख १ हजार १ सय, ७५ हजार १ सय, ५० हजार १ सय र २५ हजार १ सयको साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिएको छ ।
गार्मामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौला र सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले पुरस्कार हस्तान्तरण गरेका छन् । यस्तै, सर्वोकृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, नव उदयमान खेलाडीलाई जनही २ हजारको साथमा ट्रफि प्रमाणपत्र प्रदान गरिएको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए ।
गार्मा माविको प्राङगणमा ३ दिनसम्म चलेको प्रतियोगितामा हजारौ“ दर्शकले खेल हेरेका थिए । खेलकुद मार्फत पर्यटनको प्रबर्धनका लागि वडा कार्यालयले प्रतियोगिताको आयोजना गरेको वडा अध्यक्ष शेर्पाको भनाई छ ।
Discussion about this post