असोज ६, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले बसेपु हुलु कुवापानी खानेपानी आयोजनाको निर्माण चाडै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रेडियो एभरेष्टसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
आईतबार खानेपानी आयोजना निर्माणका लागि पालिका अध्यक्ष बस्नेत तथा भारतीय राजदुताबासले हस्ताक्षर गर्नुभएको छ । उक्त आयोजना मा भारतीय राजदुताबासको ८० र स्थानीय सरकारको २० प्रतिशत लागत साझेदारीमा काम अघि बढाइने अध्यक्ष बस्नेतले उल्लेख गर्नुभयो । यस्तै अबको १५ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी तत्कालै काम अघि बढाउने भएको हो ।
उँहाले भौतिक पुर्बाधार मन्त्री देबेन्द्र दाहाललाई भेटेर ओखलढुंगा–सल्लेरी–दिप्लिघाट–सोताङ –महाकुलुङ– भोजपुर–उदयपुर–सुनसरी सडक खण्ड निर्माण गरि कालोपत्रे गर्न पटक पटक निवेदन गर्नुभएको छ ।
Discussion about this post