असोज ११, सोलुखुम्बु । नेबिसंघ रमाइलो क्याम्पसले अन्तर मावि हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नेपाल विद्यार्थी संघ रमाइलो बहुमुखी क्याम्पस इकाइ समिती कानेपोखरी मोरङले कार्यक्रम सम्पन्न गरेको हो ।
नेपालीहरुको माहान चाड बिजय दशमी, शुभदिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रसादसँगै अन्तर मावी हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको संवाददाता मनोज कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ख उपसभापति सन्तोष फुयालको प्रमुख आतिथ्यता रहेको थियो । उल्लेखनीय कानेपोखरी गाउपालिकाका १० वटा सामुदायिक र सस्थागत बिद्यालयले सहभागीता जनाएका थिए । उक्त प्रतियोगितामा बाल ज्योति इङलिस स्कुल कानेपोखरी घ ले प्रथम स्थान हासिल गरेको छ भने माद्यमिक बिद्यालय कानेपोखरी ६ ले दोश्रो स्थान हासिल गरेको छ ।
त्यस्तै माउन्ट हर्मोन इङलिस स्कुल कानेपोखरी ट ले तेस्रो स्थान हासिल गरेको छ । कार्यक्रमका प्रमुख अतिथी फुयालले बिद्यार्थीलाई यो कार्यक्रम प्राभवकारी रहेको र आगामी दिनमा यस्ता कार्यक्रम हुन आवश्यक रहेको बताउनु भएको छ ।
Discussion about this post