असाेज १३, साेलुखुम्बु । सोलुखोलाको पानीबाट उत्पादित ८६ मेगावाट क्षमताको सोलुदुधकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । विगत ३ दिनदेखिको अविरल बर्षा सँगै आएको बाढीले उक्त जलविद्युत आयोजनको बाँध स्थलमा क्षति पु¥याउँदा शनिबार दिउसोदेखि नै विद्युत उत्पादन ठप्प भएको हो ।
साहास उर्जा लिमिटेडबाट प्रबर्धित विद्युत आयोजनाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिंलाको भदौरेमा रहेको बाँध स्थलमा रुख ढल्नुका साथै लेदो पसेपछि आयोजना बन्द भएको कम्पनीका अध्यक्ष हिम पाठकले बताए । ईन्टेकमा ठूलो रुखहरु झरेका र रुख हटाउनका लागि स्काभेटरहरु परिचालन गरेको अध्यक्ष पाठकको भनाई छ ।
भदौरेबाट सुरुङमार्ग हुँदै सोलुखोलाको पानी थुलुङदुधकोशी गापा ३ पंचनको मैकुबेसीमा दुधकोशी खोलाको किनारमा खसाएर विद्युत उत्पादन गरिएको हो । सुरुङ मार्ग र पावर हाउस भने बाढी पहिरोबाट शुरक्षित रहेको आयोजनाले जनाएको छ । उक्त विद्युत लाम्माने स्थित १३२ केभि सोलुकरिडोरमा जोडिएको छ ।
Discussion about this post