असोज १३, सोलुखुम्बु । अविरल वर्षा सँगै आएको रोशी खोला बाढीले बिपी राजमार्गका ठाउँ–ठाउँमा कटान गरेसँगै सयौँ जना अलपत्र परेका छन् । रोशीको बाढीले सिन्धुलीको नेपालथोकमा फसेका ३४ जनालाई साँझ ६ बजे हेलिकप्टर मार्फत धुलिखेल पठाइएको छ ।
यात्राका क्रममा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका–१ गजुलि दहबाट १ विदेशी नागरिक सहित ३४ जना बालबालिका, बृद्बवृदा र अशक्त बिरामीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख सेनानी बद्री कँवरले जानकारी दिनुभयो ।
Discussion about this post