असोज १५, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । मंगलबार ‘हामी सबै बनौ जिम्मेवार : नगरौ ज्येष्ठ नागरिकलाई दुव्र्यवहार’ भन्ने नारासहित यो दिवस मनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमाण्डमा खटिएको प्रहरीको टोलीले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ स्थित जिरो पोइन्टमा ज्येष्ठ नागरिक सगँ अन्तरक्रिया गरी दिवस मनाएको जनाइएको छ ।
ज्येष्ठ नागरिकको हक, हित, संरक्षणको विषयमा अन्तरक्रिया गरिएको छ । यस्तै समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्बन्धि पर्चा बितरण तथा सन्देशमुलक सामाग्रीहरु प्रसारण गरिएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइएको छ ।
Discussion about this post