असोज १६, सोलुखुम्बु । दसैँ, तिहार तथा छठको अवसरमा हुँगा माध्यमिक बिद्यालय सोताङले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । मंगलबार सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको प्रमुख आतिथ्यतामा विद्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
हुँगा माध्यमिक बिद्यालयको प्रागंणमा आयोजित कार्याक्रममा दशैं, तिहार र छठको स्वागतमा शुभकामना आदान–प्रदान गर्दै सामुहिकरुपमा सद्भावको टिका लगाइएको छ । चाडपर्वलाई हर्षोल्लासका साथ मनाउने आव्हानमा विद्यालयले दशैं तिहार तथा छठको अवसरमा प्रतेक वर्ष सद्भावका लागि शुभकामना आदान–प्रदान गर्दै टिका लगाउने परम्परा बसाएको छ ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस सोताङ –०४ वडा सभापति नबिन राई, नेविसंघ जिल्ला नेता बिशाल राई, स्थानीय पार्टी प्रतिनिधि, शिक्षक, अभिभावक तथा बिद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो । सांस्कृतिक एवं शुभकामना आदान प्रदान कार्यक्रम मौलिक भाषाका संगीत र नृत्य र फरक किसमले दशैं टिका लगाइएको विद्यालयले जनाएको छ ।
Discussion about this post