असोज १७, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा स्वर्गीय तिलक बहादुर बस्नेत स्मृति कप डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गत १५ असोज देखी सुरु भएको प्रतियोगिता आज विहीबार सम्पन्न भएको हो । १४ टिमको सहभागिता रहेको प्रतियोगितामा रेखबहादुर राई र राममिलन महतोको टिम प्रथम भएको छ ।
यस्तै प्रतियोगिताको द्वितीय स्थान काजिमान राई र अर्जुन राईको टिमले हात पारेका छन् भने यता तृतीय स्थान भने उमेश खड्का र शम्भु खड्काको टिमले जितेको छ । २ दिन सम्म सञ्चालन भएको प्रतियोगिताको प्रमुख आतिथ्यता लिखुपिके गाउँपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष पुण्य बहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको खेल संयोजक रेख बहादुर बस्नेतले बताउनुभयो ।
Discussion about this post