माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ । ४ वर्षअघि हिमाली जिल्ला साेलुखुम्बुकाे सदरमुकाम सल्लेरीमा शाखा बैंकको रुपमा माछापुच्छ्रे बैंक स्थापना भएको थियो । यहाँकाे शाखा बैंकले पनि भव्यताका साथ माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वार्षिक उत्सव मनाएकाे हाे ।
वार्षिकोत्सवको अवसरमा बैंकले एक विशेष कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएकाे हाे । कार्यक्रममा माछापुच्छ्रे बैंकका शाखा प्रबन्धक रबिन श्रेष्ठले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति, प्रगति र सम्वृद्धिका लागि सहयोग गर्ने जिल्लाबासी लगायत सबैमा धन्यवाद समेत दिनु भएकाे छ ।
उहाँले आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै ग्राहकहरुलाई थप उत्कृष्ट सुविधाहरु प्रदान गर्दै बैँकको संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।
उक्त कार्यक्रममा बैंकका कर्मचारी, अन्य वित्तिय बैकका कर्मचारी, ग्राहकहरु लगाएत रेडियो एभरेष्टका कर्मचारीको उपस्थिति रहेको थियो ।
Discussion about this post